काठमाडौं । नेपाली कांग्रेसले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रहरीको अनुसन्धानमा सहयोग गरेका दाबी गरेको छ।
आज अपराह्न पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले दोषीलाई कुनै हालतमा छाड्न नहुने निश्कर्ष निकालेको सहमहामन्त्री जीवन परियारले बताए।
‘कुनैपनि मुद्दा, अनुसन्धानको क्रममा कुनैपनि व्यक्तिलाई पक्राउ पर्नेबित्तिकै दोषी हुन सक्दैन। अभियुक्तको रुपमा पनि लिन मिल्दैन। जब अदालतबाट फैसला भइसकेपछि मात्र दोषी ठहरिने हो,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै परियारले भने, ‘बजारमा ब्यापक रुपमा भुटानी शरणार्थी बनाएर अमेरिका लाने प्रपञ्च भइरहेको छ, यसबारेमा सरकारले निष्पक्ष र तटस्थ छानविन गर्नुपर्छ। दोषीलाई कुनै हालतमा छाड्नुहुन्न।’ पार्टी नेता खाँण बुटवलमा हुँदा पनि काठमाडौं आएर अनुसन्धानलाई सहयोग गरेको उनको भनाई छ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-