काठमाडौं । निर्वाचन आयोगले सात दिनभित्र आर्थिक वर्ष ०७८/०७९को लेखा परीक्षण सार्वजनिक गर्न निर्देशन दिएको छ।
‘आर्थिक वर्ष २०७८/०८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेस गर्ने ८२ राजनीतिक दललाई आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले सात दिनभित्र सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको छ,’आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आयोगको वैशाख २७ गते बसेको बैठकले उक्त निर्देशन दिएको आयोगले बताएको छ। यस्तै, आयोगले निरन्तर दुई आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक पार्टीलाई स्पष्टीकरण पनि सोधेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-