काठमाडौं । आजदेखि डा. गोविन्द केसीले २२औँ सत्याग्रह सुरु गरेका छन् । उनले आफूले राखेको माग पूरा नभएको भन्दै अनसन सुरु गरेका हुन् ।
आफ्ना माग सम्बोधन गर्न सरकारलाई शनिबारसम्मको अन्तिम ‘अल्टिमेटम’ दिएको तर त्यो पूरा नभएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले योपटक तीनबुँदे मागसहित सत्याग्रह थालेका हुन् । चिकित्सा शिक्षा सुधार अभियन्ता केसीले आफ्नो माग पुरा नभएसम्म पछि नहट्ने बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-