Sunday, May 25, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मुक्तिनाथमा मोदी : धार्मिक पर्यटनको मार्ग थप प्रशस्त

बैशाख २९, २०७५ २:०५ मा प्रकाशित
मुक्तिनाथमा मोदी : धार्मिक पर्यटनको मार्ग थप प्रशस्त

k|wfgdGqL df]bL d'lQmgfysf] 6Lsf u|x0f ef/tsf k|wfgdGqL g/]Gb| df]bL zlgaf/ laxfg d':tfªl:yt d'lQmgfysf] k"hfcr{gfkl5 6Lsf u|x0f ug'{x'Fb} . tl:a/ M ;f}hGo– k|wfgdGqL df]bLsf] 6jL6/af6, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २९ वैशाख/ नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमण गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक पर्यटनको अपार सम्भावनालाई उजागर गरिदिएको भन्दै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

नेपाल र भारतका हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाका केन्द्रका रुपमा रहेको मुक्तिनाथ क्षेत्रको आफ्नै विशिष्ट र अलौकिक पहिचान छ । भगवान् शिवको प्रतीकका रुपमा रहेको शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विशेष श्रद्धासमेत गर्ने भएकाले पनि मुक्तिनाथ क्षेत्रको फरक पहिचान नेपालको पर्यटन क्षेत्रमा रहँदै आएको छ ।

नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ मन्दिरमा गरेको पूजाआजा तथा त्यसको प्रत्यक्ष प्रचारले नेपालको पर्यटन क्षेत्रको उन्नयनमा थप योगदान पुगेको व्यवसायीको भनाइ छ ।

नेपालको महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेको अन्नपूर्ण क्षेत्र, थोरोलङा भञ्ज्याङ, निलगिरि हिमाल र मुस्ताङको प्राकृतिक सुन्दरता तथा त्यस क्षेत्रको जनजीवन पनि पर्यटन प्रवद्र्धनको खास आधारका रुपमा रहेको छ ।

धार्मिक र प्राकृतिकरुपमा रहेको छुट्टाछुट्टै विशेषताले पनि यो क्षेत्र पर्यटनको प्रमुख आधार भएको व्यवसायीको भनाइ छ । छिमेकी मुलुकका कार्यकारी प्रमुखले मुक्तिनाथ क्षेत्रको भ्रमण गरेर नेपालको प्रमुख पर्यटकीय क्षेत्रको निःशुल्क प्रचार मात्रै गरिदिएका छैनन्, एक अर्बभन्दा बढी जनसंख्या रहेको भारतीय नागरिकलाई सो क्षेत्रको भ्रमणका लागिसमेत प्रेरित गरिदिएको छ ।

नेपालकाबारेमा थाहा नपाएका र नेपाल आउन चाहनेलाई समेत भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले प्रेरणा दिएको भन्दै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

नेपाल आउने पर्यटकको पहिलो रोजाइमा अन्नपूर्ण क्षेत्र, मुस्ताङ, थोरोङला भञ्ज्याङ पुग्ने इच्छा राख्छन् । हिमालपारिको जिल्लाका रुपमा रहेको मुस्ताङको आफ्नै विशेषतासमेत रहेको छ । सोही विशेषतालाई धार्मिक पर्यटनमा जोड्नसमेत भारतीय प्रधानमन्त्री मोदीको भ्रमण फलदायी रहेको व्यवसायी बताउँछन् ।

सरकारले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई समेत राखेको सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण धार्मिक पर्यटनको महत्वपूर्ण पाटो बन्न सक्ने पर्यटन क्षेत्रका जानकारको भनाइ छ ।

भारतका प्रधानमन्त्री मोदीको सामाजिक सञ्जालमा लाखौँ समर्थक रहेको सन्दर्भमा मुक्तिनाथ क्षेत्रको प्रत्यक्ष प्रचार भएको छ । उहाँ भारतका कार्यकारी प्रमुख तथा विश्वका सातौँ शक्तिशाली प्रधानमन्त्रीसमेत रहेको सन्दर्भमा उहाँको गतिविधिलाई प्रत्यक्षरुपमा नियालिरहेका विश्वका नागरिकलेसमेत एकपटक मुक्तिनाथ घुम्ने इच्छा व्यक्तमात्रै गर्दा पनि सो क्षेत्रमा एकैपटक हजारौँ पर्यटक भित्रिन सक्ने विश्वास व्यवसायीको छ ।

मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीको एक महत्वपूर्ण तीर्थस्थल हो । मुक्तिनाथलाई हिन्दूले मुक्ति क्षेत्रकारुपमा लिने गरेका छन् ।

यस्तै मुक्तिनाथ वैष्णव संप्रदायको पनि प्रमुख मन्दिरमध्ये एक हो । यो तीर्थस्थल शालिग्राम भगवान्का लागि प्रसिद्ध छ । शालिग्रामलाई एउटा पवित्र शिलाका रुपमा लिएर पूजा गर्ने गरिन्छ । हिन्दू धार्मिक मान्यताका आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ ।

मुक्तिनाथ पुग्नका लागि हालको पोखरा, बाग्लुङ, म्यादी सडकखण्डको सुधार, मुक्तिनाथ, कागबेनी क्षेत्रमा बसोबासका लागि उपयुक्त होटलको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । सहज सवारी साधनको उपलब्धता तथा जोमसोङ विमानस्थलको स्तरोन्नति गर्नु जरुरी छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का अनुसार सन् २०१७ मात्रै एक लाख ५८ हजार ५७८ पर्यटकले पदयात्रा गरेका छन् । यो सन् २०१६ को तुलनामा ३९ प्रतिशतले बढी हो । सन् २०१६ मा एक लाख १४ हजार १०८ पर्यटकले सो क्षेत्रको पदयात्रा गरेका थिए । सन् २०१७ मा ३३ हजार २१५ भारतीय पर्यटकले सो क्षेत्रको भ्रमण गरेका छन् । संसारकै पर्यटकीय गन्तव्यका रुपमा रहेको सो क्षेत्रको प्रचारप्रसारका लागिसमेत भारतीय प्रधानमन्त्री मोदीको भ्रमण फलदायी रहेको छ ।

सरकारले हालै गठन गरेको पर्यटन विज्ञ समूहका सदस्य वासु त्रिपाठीले छिमेकी देशका कार्यकारी प्रमुखको नेपालको प्रमुख धार्मिकस्थल भ्रमणले धार्मिक पर्यटनलाई बढावा दिन महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “भारतका कार्यकारी प्रमुखको भ्रमण आफँैमा पर्यटन प्रवद्र्धनका लागि सामरिक महत्व राख्दछ । पर्यटनका विभिन्न आयाममध्ये धार्मिक पर्यटन पनि एउटा आधार भएकाले मुक्तिनाथ, जनकपुर र पशुपतिनाथको भ्रमणले प्रचारप्रसारमा योगदान पु¥याएको छ ।”

टेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष नवराज दाहालले पनि भारतीय प्रधानमन्त्रीको यो भ्रमणले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ । मुक्तिनाथ आफैँमा एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले पनि भारतका प्रधानमन्त्रीको भ्रमणले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारमा सहयोग पु¥याएको उहाँको भनाइ छ ।

अध्यक्ष दाहाल भन्नुहुन्छ, “जनकपुर, मुक्तिनाथजस्ता क्षेत्रमा धार्मिक पर्यटनको बढावाका लागि यस्ता भ्रमणले थप प्रेरणा दिने र नेपालमा पर्यटक भित्र्याउनसमेत मद्दत पुग्छ ।”

यस्तै टान पोखरा च्याप्टरका अध्यक्ष दीपकराज अधिकारी विश्वमा नेपालको परिचय र पर्यटन प्रवद्र्धनमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण उपयोगी बनेको बताउनुहुन्छ । “विश्वको उत्कृष्ट गन्तव्यका रुपमा रहेका यो क्षेत्रको आफँैमा महत्वपूर्ण प्रचार भएको छ, त्यो नै महत्वपूर्ण उपलब्धि हो”, अध्यक्ष अधिकारीले भन्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा अन्नपूर्ण क्षेत्रमा उहाँको भ्रमणपछि पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गर्नुहुन्छ । हिन्दू र बौद्ध धर्मावलम्बीको मुक्तिनाथ क्षेत्रमा एक पटक पुग्नैपर्ने भन्ने चाहना हुन्थ्यो, भ्रमणपछि त्यो चाहना थप अभिवृद्धि हुन जाने उहाँको भनाइ छ ।

पर्यटन व्यवसायी टीकाराम सापकोटा पनि भारतीय पर्यटक आर्कषण गर्न भारतीय प्रधानमन्त्री मोदीको भ्रमण फलदायी हुने विश्वास गर्नुहुन्छ । रमेश लम्साल-सिवी अधिकारी/रासस

सम्बन्धित समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result