काठमाडौँ, २९ वैशाख/ नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गर्नुभएको छ ।
आज यहाँ भएको भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचार विमर्श भएको थियो ।
पारस्परिक सहयोग र विकासका विषयमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको अध्यक्ष यादवले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मुलुकको समृद्धि र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग महत्वपूर्ण र सकारात्मक छलफल भयो ।”
प्रधानमन्त्री मोदीलाई अध्यक्ष यादवले एक्लै भेटवार्ता गर्नुभएको हो । रासस
प्रतिक्रिया लेख्नुहोस्:-