काठमाडौं । नेपाली कांग्रेसका तीन प्रभावशाली नेताले नक्कली शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।
शुक्रबार बिहान महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले प्रचण्डलाई भेटेर यस्तो सुझाव दिएका हुन् ।
कांग्रेसका तीन नेताले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन सुझाव दिएका थिए । कांग्रेस नेताहरुले दोषीलाई उन्मुक्ति नदिन सुझाव दिएका थिए ।
साथै, उच्च ओहोदाका कुनै पनि व्यक्तिसँगको भेटघाटले यस प्रकरणलाई प्रभावित नहोस भनी प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएका थिए । प्रधानमन्त्रीको छलफलमा कोशीमा गठबन्धनको सरकार विषयमा पनि छलफल भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-