काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
उनले शुक्रबार नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित काठमाडौंमा आयोजित इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल कार्यक्रममा प्रधानमन्त्री यस्तो बताएका हुन्।
लगानी बोर्ड र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको संयुक्त आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनले आर्थिक मुद्दामाथि केन्द्रित रहेर सरकारलाई उपयुक्त सुझाव दिने अपेक्षा उनले गरे।
सरकारले विकासका लक्ष्य हासिन गर्न यसअघि नै लगानीका क्षेत्र तय गरेको र त्यसका लागि संस्थागत र संरचनागत व्यवस्था मिलाइसकिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए। यसपटकको कार्यकालमा आफू निजी क्षेत्रसँग अर्थपूर्ण र प्रभावकारी सहकार्यका लागि तयार रहेको उनको भनाइ छ।
कार्यक्रममा अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपाललाई आर्थिक विकासको गतिमा अगाडि बढाउन स्रोत–साधन आवश्यक भएको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-