काठमाडौं । नेकपा एमालेले आगामी जेठदेखि चैतसम्म एक वर्षको कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने भएको छ। ललितपुरस्थित पार्टी मुख्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यस्तो जानकारी गराएका हुन् ।
पार्टी सुदृढीकरण गर्नका लागि एमालेले गत फागुन ५ गतेदेखि दुई महिना मिसन ग्रासरुट अभियान सञ्चालन गरेको थियो। रिजालले अहिले बसिरहेको केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तहबाट सुझाव दिई भोलि बिहान बस्ने पार्टीको स्थायी कमिटी बैठकले वार्षिक कार्ययोजना तयार पार्ने बताए।
‘प्रदेश तहबाट प्राप्त सुझावलाई विश्लेषण गर्दै र केन्द्रीय नेतृत्वले सोचेका योजना समायोजना गर्दै स्थायी कमिटी बैठकले पार्टीको वार्षिक कार्ययोजना तयार पार्नेछ,’ उनले भने, ‘स्थायी कमिटीले तयार पारेको कार्ययोजनाको खाका भोलि नै बस्ने केन्द्रीय कमिटी बैठकमा २०८० जेठदेखि चैतसम्म एमालेले देशव्यापी सञ्चालन हुने गरी पारित गरिनेछ।’
प्रतिक्रिया लेख्नुहोस्:-