Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दाङ–सुर्खेत सडकखण्डको स्तरोन्नतिको काम तीव्र

बैशाख ३०, २०७५ १:११ मा प्रकाशित
दाङ–सुर्खेत सडकखण्डको स्तरोन्नतिको काम तीव्र
Share on FacebookShare on Twitter

दाङ, ३० वैशाख / बाइस वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करीब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा तीव्र गतिमा अगाडि बढ्को छ ।

अघिल्ला वर्षभन्दा यस वर्ष विशेष रुपमा बजेटसमेत वृद्धि भएपछि निर्माणको कामले गति लिँदा पक्की सडकको यात्राको प्रतीक्षामा रहेका पश्चिम दाङवासी आशावादी बनेका छन् । सो सडक पछिल्लो समयमा प्रदेश नं ५ र ६ लाई जोड्ने लिङ्करोडका रुपमा समेत मानिन्छ ।

दाङको समृद्धिका रुपमा लिइएको सो सडकको कालोपत्रेको काम तीव्र गतिमा भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । विभिन्न चार तहमा काम शुरु भएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो । सडक स्तरोन्नतिको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन प्रालिले चालु आवसम्म करीब १० किलोमिटर बाटो कालोपत्रे गरिसक्ने र डेढ वर्षभित्र दाङ, सल्यान र सुर्खेतसम्म जोड्ने बाटो निर्माण हुने बताएको छ ।

पोटलीदेखि वागर र रगैजादेखि बहुला खोलासम्मको छ किलोमिटर सडक पनि कालोपत्रे शुरु भएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आवसम्म पुरन्धारासम्म सडक कालोपत्रे हुन छ । पुरन्धारादेखि दाङ र सल्यानको एक्लेवरसम्मको सडकमा सडक फराकिलो गर्ने काम चलिरहेको बताइएको छ । चार चरणमा हुने सडक कालोपत्रेको काम पोटलीदेखि हापुरेसम्म रु १४ करोड, हापुरेदेखि एकलेवरसम्म रु २० करोड र एकलेवरदेखि सल्यानका काल्चेसम्म रु साढे ४४ करोड गरी करीब रु ७५ करोडमा सडक स्तरोन्नतिको काम शुरु भएको सूचना अधिकारी गौतमले बताउनुभयो ।

त्यसैगरी सल्यान–दाङको सिमाना एक्लेवरसम्म विभिन्न स्थानमा नाला निर्माण र साढे पाँच मिटरको बाटो चौडा गराउने काम शुरु भएको बताइएको छ । त्यसैगरी एक्लेवरदेखि सल्यानको काल्चेसम्मको सडकमा नालीसेतु निर्माण र पर्खाल लगाउने काम पनि तीव्र रुपमा अगाडि बढेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

कालिका कन्स्ट्रक्सनले आगामी २०७७ असारसम्ममा सडक कालोपत्रेको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको सडकले जनाएको छ । ‘‘सडक निर्माणको काम तीव्र रुपले अगाडि बढेको छ तर विभिन्न सडकखण्डमा वनको जग्गा परेकाले अलि काममा अवरोध भएको छ”, गौतमले भन्नुभयो । वन कार्यालयले समयमै सडक वरपर क्षेत्रमा पर्ने रुख नहटाउँदा काममा बाधा पुग्ने देखिएको बताएको छ ।

“सम्भवतः काममा कुनै अवरोध नभए एक, डेढ वर्षमा सबै काम सम्पन्न हुनेछ”, गौतमले भन्नुभयो । दाङ, सल्यान र सुर्खेत गरी प्रदेश नं ५ र ६ लाई जोड्ने यो करीब ६२ किलोमिटर बाटो कालोपत्रे भएमा सुर्खेतसम्म करीब चार घण्टामै पुग्न सकिने र सडक जोडिएसँगै दाङको समृद्धिको ढोका खोल्ने बताएको छ । यस बाटाको स्तरोन्नति भयो भने यहाँबाट सुर्खेत, कालीकोट, जुम्ला र मुगुको रारासम्म पुग्न सहज हुने बताइएको छ ।

सो सडकखण्डमा पहिले यात्रा गर्दा मानिस चिन्न नसक्ने गरी धुलो उड्ने र यात्रा जोखिम हुने गरेको यात्रु बताउँछन् । हाल बाटो सहज हुँदा भने उनीहरु खुशी व्यक्त गर्छन् । “यस्तो सडक बन्ला भनेर हामीहरुको कल्पना नै थिएन तर हाल सडक धेरै सुधार भएको छ, अब कालोपत्रे भयो भने दाङको पनि विकास हुन्छ, प्रदेश नं ५ र ६ जोड्ने यो सडक बन्नु सबैका लागि राम्रो हो”, स्थानीयवासी जसराज विकले भन्नुभयो । । हाल दाङ–सुर्खेत सडकखण्डको निर्माण तीव्र गतिमा भएपछि पश्चिमवासी खुुशी भएका छन् ।

“यसले दाङको समृद्धिको ढोका खोल्छ अबको एक दुई वर्षमै यस क्षेत्रको विकास हुनेछ”, सल्यान कालीमाटी निवासी चन्द्रिका घर्तीले भन्नुभयो । त्यसैगरी सो सडकखण्डमा सवारी साधन सञ्चालन गर्दै आएका निमाराम वलीले पनि पहिलेभन्दा सयौँ गुणा सडकको सुधार भएको बताउनुभयो । “कति दिन गाडीको पट्टा भाँचिएर बाटोमा समस्या हुने गथ्र्यो, आजभोलि गाडी सञ्चालन गर्न सहज छ, चार घण्टामै सुर्खेत पुग्न सकिन्छ, यस सडकखण्ड धेरै छोटो र राम्रो छ”, यातायात व्यवसायी भीमसेन लहरेले भन्नुभयो ।

कुनै समय दाङ–सुर्खेतको यात्राका लागि एक दिन समय खर्चनुपर्ने समस्या थियो । समयसँगै बाटाको अवस्था दयनीय हुँदा यात्रु तथा यातायात व्यवसायीले हैरानी व्यहोर्नुपर्ने समय थियो । ठाउँ ठाउँमा यात्रु ओराल्नुपर्ने र गाडीमा चढेका यात्रु धुलाम्मे हुने समस्या थियो तर हिजोआज भने सो सडकखण्डमा यात्रा गर्ने यात्रुलाई सहज भएको छ । साथै पश्चिम दाङ र पूर्वी सुर्खेतवासीबीच भएको रोटीबेटीको सम्बन्धलाई समेत सो सडकले थप सहज बनाउने बताइएको छ । रासस

सम्बन्धित समाचार

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

तनाव व्यवस्थापनको कला सम्बन्धी वेबिनार सम्पन्न
अमेरिका समाचार

तनाव व्यवस्थापनको कला सम्बन्धी वेबिनार सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result