दूरबिन नेपाल, नेपाल
बुधवार थप २६ जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या २ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये एक सय ७६ जना पुरुष र ४३ जना महिला रहेका छन् । नेपालका हरेक प्रदेशमा कोरोना संक्रमितहरु भेटिएका छन । विशेषगरी भारतसंग सिमा जोडिएका क्षेत्रहरुमा संक्रमितहरुको संख्या धेरै देखिएको छ । सबैभन्दा धेरै दुई नम्बर प्रदेशमा देखिएका छन । प्रदेश नम्बर दुईमा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश नम्बर पांचमा ७२ जनामा संक्रमण देखिएको छ । जहां ७२ जना संक्रमित छन । प्रदेश नम्बर एकमा ३५, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । बुधवारमात्रै कपिलवस्तुका २२ वर्षीय र बाँके जिल्लाका ३६ वर्षीय पुरुषमा संक्रमण भेटिएको छ ।
यस्तै आज बुटवलका २५ वर्षीय पुरुष ११ औँ दिनमा र चितवनका ६३ वर्षीया महिला २६ औँ दिनमा डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३५ पुगेको छ । हालसम्म पीसीआर विधिबाट २१ हजार तीन सय ४० जनाको तथा ६० हजार तीन सय १९ जनाको आरडीटी परीक्षण गरिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार तीन सय ५७ पीसीआर परीक्षण र ६ सय ९२ वटा आरडीटी परीक्षण गरिएका छन् । अहिलेसम्म क्वारेन्टाइनमा १४ हजार ३ सय १३ जना रहेका छन् भने आइसोलेनमा २ सय ४५ जना छन् ।
अस्पतालबाट भागेकामध्ये एक संक्रमित सम्पर्कमा आए
वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना संक्रमितमध्ये एकजना अस्पतालको सम्पर्कमा आएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले एकजना संक्रमित सम्पर्कमा आएको र उनलाई अस्पताल ल्याउने तयारी भएको बताउनुभयो । भागेका अर्का संक्रमितको पनि खोजी भइरहेको उहाँले बताउनुभयो । पर्साका प्रहरी प्रमुख एसपी दुर्गा पन्तले पनि दुईजनामध्ये एकजना सम्पर्कमा आएको र उक्त ठाउँमा प्रहरी टोली गइरहेको बताउनुभयो । नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-