काठमाडौं । नेकपा (एमाले) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक पूर्वाग्रह र दबावविना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय माग गरेको छ । एमालेले लडाकु शिविर घोटाला काण्डको छानबिन गर्न पनि सरकारसँग माग गरेको छ ।
उसले सुरुदेखि दोषी कोही नछुटून् र निर्दोष कोही नफसून् भन्दै आएको उल्लेख गर्दै राज्यका वैधानिक निकायबाट गरिने अनुसन्धानमा पूर्ण सहयोग रहने बताएको छ । ‘‘यो बैठक उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दवावबिना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ’ एमालेको प्रस्तावमा भनिएको छ । २८ वैशाखमा सुरु भएर शनिबार समापन भएको केन्द्रीय कमिटी बैठकले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-