काठमाडौं । हाइटेन्सन लाइन प्रशार भएको पोलमा चढेका मोरङ बुढीगंगाका युवा दिनेशकुमार माझी अध्यक्ष र उपाध्यक्ष सहित गाउँपालिकाका जनप्रतिनिधिहरूले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ११ घण्टापछि पोलबाट ओर्लिएका छन् ।
बाटो निर्माणमा अनियमितता भएको भन्दै बिजुलीको हाई टेन्सन पोलमा चढेको ११ घण्टापछि माझी सकुशल ओर्लिएका हुन् ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनले उठाएका मागका विषयमा छलफल भइरहेको गाउँपालिका उपाध्यक्ष अमृता गच्छदारले बताइन् ।
दिनभरि सुरक्षाकर्मीले निरन्तर प्रयास गरे पनि उनी पोलबाट झर्न मानेका थिएनन् । १ लाख ३२ हजार भोल्ट विद्युत् दौडिरहेको पोलमा उनी १० घण्टा बसेका थिए । पोलमा मानिस चढेको जानकारी गराएको भए पनि नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको थिएन ।
प्रतिक्रिया लेख्नुहोस्:-