काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे सत्ता साझेदार दलका नेता प्रचण्ड, ओली र रविबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा जारी बैठकमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर गरिरहेको विरोध र गठबन्धनको भावी कदमका बारेमा छलफल भएको बताइएको छ ।
भोलि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ । संसदको गतिरोध अन्त्य सरकारको भूमिकामा निर्भर हुने कांग्रेसका नेताहरूले बताउँदै आएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-