काठमाडौं । सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकामा मतदाता कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
दुई पक्षबीच शुक्रबार साँझ विवाद बढ्दै गएपछि झडप भएको थियो । यस क्रममा कांग्रेसका कार्यकर्ताको ढुंगा प्रकारबाट घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-