काठमाडौं । बिवाद मिलेपछि काठमाडौं महानगरपालिकाको मतगणना भर्खर सुरु भएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहसमेत उम्मेदवार रहेको काठमाडौंको नतिजा कस्तो आउला भन्ने चासो सर्वत्र छ । शुक्रबार सम्पन्न मतगणनापछि आवश्यक प्रक्रिया सुरु गरेर राष्ट्रिय सभा गृहमा वडा नम्बर ३१ र ३२ बाट मतगणना सुरु गरिएको हो ।
यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ ।
काठमाडौँमा कूल ३ लाख २४२ मतदाता रहेका छन् । एमालेका उम्मेदवार स्थापितले आफू निर्वाचित हुने दावी गरेका छन् भने सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले आफ्नो विजय सुनिश्चित भएको बताएकी छिन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन शाह पनि यसपालि आफूले जित्ने आधार रहेको भन्दै हिडेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-