काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले ११० मत प्राप्त गरी अग्रस्थानमा छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले ४७ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्य ६४ मतसहित अगाडि छिन् । त्यस्तै नेकपा माओवादीका बाबुराजा बज्राचार्य २० मतसहित दोस्रो स्थानमा रहेका छन् । ललितपुरमा गठबन्धनबाट कांग्रेसले मेयर र माओवादीले उपमेयरमा उम्मेदवारी दिएको थियो ।
यसअघि कांग्रेसले मेयर र उपमेयर दुवै पद जितेको थियो । कांग्रेसले निवर्तमान मेयर चिरीबाबुलाई नै उम्मेदवार बनाएको हो । उनले महानगरमा आफ्नो विजयलाई कसैले रोक्न नसक्ने दावी गर्दै आएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-