काठमाडौं । बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग परराष्ट्रमन्त्री एनपी साउदले भेटवार्ता गरेका छन् । उनीहरुबीच आइतबार बंगलादेशको राजधानी ढाकामा भेटवार्ता भएको हो।
भेटमा दुई पक्षीय हितका बारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ। छलफलको क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृढ बनाउने, सीमापार, कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ।
उनी ढाकामा आयोजित छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन शुक्रबार ढाका गएका थिए। ढाकामा रहँदा उनले शुक्रबार नै भारतीय समकक्षी एस। जयशंकरसँग भेटवार्ता गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-