काठमाडौं । संसदीय छानबिन समिति गठनलाई मूल एजेण्डा बनाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस सांसदहरुले नाराबाजी गरे।
बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसदहरु आफ्नो स्थानबाट उठेर बेलतर्फ अघि बढेका थिए। सभामुखले बैठक चल्न दिन गरेको आग्रहलाई बेवास्ता गर्दै प्रमुख प्रतिपक्षले नाराबाजी जारी राखेपछि बैठक जेठ ३ गते बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ।
गृहमन्त्री नै सहकारी ठगी प्रकरणमा मुछिएका भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-