काठमाडौं । आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
उनले मङ्गलबार काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दुवै सदनका सदस्यसमक्ष नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले ‘प्रधानमन्त्री छोरी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
यस्तै सरकारले मिडिया साक्षरता अभियान सञ्चालन गर्ने पनि घोषणा गरेको छ । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित र व्यवस्थित तुल्याइने घोषणा गरेको सरकारले आमसञ्चार क्षेत्रको व्यावसायिक विकासका लागि नीतिगत, कानूनी र संरचनागत सुधार गर्ने जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-