Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कुनै पनि दिन पार्टी एकता हुन सक्छ : प्रधानमन्त्री ओली

जेष्ठ १, २०७५ ३:३५ मा प्रकाशित
कुनै पनि दिन पार्टी एकता हुन सक्छ : प्रधानमन्त्री ओली
Share on FacebookShare on Twitter

काठमाडौँ, १ जेठ ९रासस : प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा ९माओवादी केन्द्र० सँग एकता हुने बताउनुभएको छ ।

युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई÷तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ । पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ ।”

एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका लागि देशव्यापी अभियान सञ्चालन गरेर दुनियाँलाई देखाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रअनुसार समृद्धि र न्यायपूर्ण समाजअनुकूल संयुक्त नीति कार्यक्रम र बजेटको तयारीमा सरकार रहेको स्पष्ट गर्नुभयो ।

अबको तीन वर्षपछि नेपालले भारतलाई बिजुली बेच्ने स्थिति आउने ठोकुवा पनि उहाँले गर्नुभयो । सरकारले सुन तस्करी र यातायातमा एकाधिकार तोडेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार, कालोबजारी, तस्करीको विरुद्ध अभियान छेड्न युवालाई आह्वान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा आफूले नेपालको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको बरु विगतमा भएका राष्ट्रहित विरोधी व्यवहारलाई सच्याएको दाबी गर्नुभयो ।

उहाँले भारतीय प्रधानमन्त्रीसँग विगतमा सरकार प्रमुखले ‘हजुर संविधान संशोधन गर्छु’ भनेर घुँडा टेकेको तर पछिल्लो समयमा मोदीले नेपालमा संविधान जारी भई निर्वाचन सम्पन्नपश्चात् नयाँ सरकार गठन भएकामा यसलाई स्वर्णिम समय भन्दै नेपालको प्राथमिकता र आवश्यकतामा सहयोग गर्छु भनेकाले नेपालको शिर झुक्यो कि भनेर भ्रममा नपर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले दिनुभएको अभिव्यक्ति गलत भएको र त्यो नेपाल सरकारको धारणा नभएको र हुन नसक्ने स्पष्ट पनि गर्नुभयो ।

नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनालले आन्दोलनको चरण समाप्त भएकाले पुनः निर्माणको अभियानमा लाग्न युवाहरुलाई आग्रह गर्नुभयो ।

अर्का वरिष्ठ नेता माधवकुमार नेपालले छिट्टै पार्टी एकता गरेर समृद्धि र स्थायित्वको अभियान दिशामा मुलुकलाई लगिने बताउनुभयो ।

पार्टीका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले युवाहरुमा सही विचार, विधि र नेतृत्वलाई मान्ने क्षमता हुनुपर्नेमा जोड दिनुभयो ।

संघका अध्यक्ष रमेश पौडेलले समृद्धि र सुशासनका लागि युवा अभियानको घोषणा गर्नुभयो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवाको सरकारी वकिललाई आग्रह : निष्पक्ष भएर काम गर्नुस्
Breaking News

शिक्षकका समस्या समाधान हुनेगरी मात्रै विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

एमालेलाई सरकारमा जाने कुनै चिन्ता छैन : अध्यक्ष ओली
Breaking News

एमालेलाई सरकारमा जाने कुनै चिन्ता छैन : अध्यक्ष ओली

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम कांग्रेसले गर्नुपर्ने महामन्त्री थापाको धारणा
Breaking News

अतुलनीय योगदान दिएका व्यक्तिबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्ने महामन्त्री थापाको धारणा

सरकारले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि लगानी गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
Breaking News

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

जनताको अधिकारमाथि कसैले पनि खेलवाड गर्नुहुँदैन : नवनिर्वाचित राष्ट्रपति पौडेल
Breaking News

स्थानीय तहलाई पूर्ण अधिकार दिनुपर्छ : राष्ट्रपति पौडेल

गठबन्धन सरकारले सभामुखमाथि नै महाभियोग ल्याउन सक्ने ओलीको आशंका
Breaking News

शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल नबनाउन एमाले अध्यक्ष ओलीको चेतावनी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result