काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म ३२ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम नतिजा अनुसार ३२ पालिकामध्ये नेकपा एमालेले १३ पालिकामा जित हासिल गरेको छ भने र नेपाली कांग्रेस ९ पालिकामा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) ले ८ पालिका र नेकपा एकीकृत समाजवादीले २ पालिका जितेका छन् ।
नेपाली कांग्रेस विजयी पालिकाहरू
मनाङको नार्पा भूमी गाँउपालिका
मनाङको नासोँ गाउँपालिका
मुस्ताङको घरपोझङ गाउँपालिका
गुल्मीको रेसुङ्गा नगरपालिकामा
गन्यापधुरा गाउँपालिका
गुल्मीको गुल्मीदरबार गाउँपालिका
डोटीको बडीकेदार गाउँपालिका
हुम्लाको खार्पुनाथ गाउँपालिका
बागलुङको तमानखोला गाउँपालिका
यी हुन् नेकपा एमाले जितेको पालिकाहरू
मनाङको मनाङ ङिस्याङ गाउँपालिका
मनाङको चामे गाउँपालिका
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
मुस्ताङको लोमान्थाङ गाउँपालिका
डोल्पाको से फोक्सुण्डो गाउँपालिका
सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका
बझाङको साइपाल गाउँपालिका
नवलपुरको बौदीकाली गाउँपालिका
बझाङको थलारा गाउँपालिका
मुस्ताङको थासाङ गाउँपालिका
म्याग्दीको मालिका गाउँपालिका
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका
नेकपा (माओवादी केन्द्र) ले जितेको पालिकाहरू
डोल्पाको जगदुल्ला गाउँपालिका
दैलेखको नौमुले गाउँपालिका
बाग्लुङ ताराखोला गाउँपालिका
उदयपुर लिम्चुङबुङ गाउँपालिका
रोल्पाको थवाङ गाउँपालिका
खोटाङको जन्तेढुंगा गाउँपालिका
दार्चुलाको नौगाड गाउँपालिका
दार्चुलाको अपीहिमाल गाउँपालिका
नेकपा (एकीकृत समाजवादी) ले जितेका पालिकाहरू
डोल्पाको छार्का साङतोङ गाउँपालिका
डोल्पाको काइके गाउँपालिका
प्रतिक्रिया लेख्नुहोस्:-