काठमाडौं । नेकपा (एमाले) ले आज दिउँसो भ्रष्टाचारविरुद्ध काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गरेको छ ।
उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको भोलिपल्टै एमालेले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा एमाले नेताहरु महेश बस्नेत, ठाकुर गैरे, विशाल भट्टराई, सुजाता शाक्य, अनेरास्ववियु अध्यक्ष समिक बडाल लगायतका नेताहरु सहभागी थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-