काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आमजनताले समर्थन र ऐक्यबद्धता जनाएको भन्दै दोषीलाई कुनै पनि बहानामा बचाउने काम नहुने स्पष्ट पारेका छन् ।
उनले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन नहुने पनि बताए ।
भ्रष्टाचारीलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आमजनताले समर्थन र ऐक्यबद्धता जनाएको भन्दै उनले दोषीलाई कुनै पनि बहानामा बचाउने काम नहुने स्पष्ट पारे । उनले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको उल्लेख गर्दै यसबाट पछि नहट्ने स्पष्ट पारे ।
प्रतिक्रिया लेख्नुहोस्:-