काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन्।
अध्यक्ष नेपालले सोमबार ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
अब कम्युनिष्ट पार्टीहरु एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ। उनले कम्युनिष्टहरु एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-