काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारी प्रोत्साहनका विषयमा सरकार स्पष्ट रहेको बताएका छन् ।
अर्थमन्त्री महतले कान्तिपुर मिडिया ग्रुपले सोमबार आयोजना गरेको ‘कान्तिपुर ईभी डायलग–२०२३’ अन्तर्गतको दोस्रो सत्र ‘विद्युतीय सवारीको गति बढाउने नीति र पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा विद्युतीय सवारीको उपयोग बढाउने सम्बन्धमा सरकार सरकार अलमलमा नरहेको बताए ।
‘सरकार अलमलमा छैन । तर, अप्ठेरा छन् । स्रोतको सीमितता छ । यसकारण तत्कालै प्रतिफल प्राप्त गर्न सकिएको छैन,’ उनले भने, ‘यद्यपि उपलब्ध स्रोत र साधन अधिकतम उपयोग गर्ने काम भइरहेको छ ।’
सरकारको धारणा राजस्व संकलन गर्ने मात्र नभएको उनले बताए । राजस्व संकलन गर्ने काममा कागती निचोरेजस्तो गरी कर नउठाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-