काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुनै माननीयमाथि आरोप लगाउने, बोल्नै नदिने कार्य नेपाली कांग्रेसका लागि नसुहाउने बताएका छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै माननीयमाथि आरोप लगाउने, बोल्नै नदिने कस्तो लोकतन्त्रको अभ्यास हो भन्दै कांग्रेसलाई प्रश्न गरेका छन्।
उनले भने, ‘संसद् भनेको कांग्रेसको दादागिरीले चल्ने ठाउँ होइन। विधि र नियमले चल्छ। लोकतान्त्रिक तरिकाले चल्नुपर्छ। कांग्रेस न्यायाधीश हो ? आफ्नो राजनीतिक अभीष्ट पूरा नभएपछि अपराधी भइहाल्ने ? ’
प्रतिक्रिया लेख्नुहोस्:-