काठमाडौं । नेपाल आयल निगमको खरिद लागत मूल्य फेरि बढेर आएको छ।नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थ प्रतिलिटर १७० रुपैयाँमा बिक्री गर्दा पनि २२ रुपैयाँ ९४ पैसा घाटामै परेको छ।
त्यस्तै डिजेलमा प्रतिलिटर ३५ रुपैयाँ ३३ पैसा घाटा हुँदा हवाइ इन्धनमा केही नाफा रहेको छ। नयाँ सूचीसँगै आगामी १५ दिनमा करिब ४ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने स्थिति देखिएको छ।
नयाँ मूल्यअनुसार निगमले प्रतिलिटर पेट्रोल १९२ रुपैयाँ ९४ पैसामा किनेर १७० रुपैयाँमा बिक्री गर्दा उक्त घाटा हुने भएको हो। त्यस्तै डिजेल प्रतिलिटर १८८ रुपैयाँ ३३ पैसामा किनेर नेपालमा १५३ रुपैयाँमा बेच्दा ३५.३३ रुपैयाँ घाटा हुने देखिएको छ।
यसबाहेक मट्टितेल प्रतिलिटर १४०.३६ रुपैयाँमा किनेर १५३ रुपैयाँमा बेच्दा १२.६४ रुपैयाँ प्रतिलिटर नाफा हुनेछ। त्यस्तै हवाइ इन्धन १५०.५५ रुपैयाँमा किनेर १५६ रुपैयाँमा बेच्दा ५.४५ रुपैयाँ नाफा र हवाइ इन्धन (बाह्यतर्फ) १३१ रुपैयाँमा किनेर १.५४५ अमेरिकी डलरमा बिक्री गर्दा ६० रुपैयाँ नाफा हुने देखिएको छ।
एलपी ग्यासमा पनि निगमले प्रतिसिलिन्डर १ हजार ५० रुपैयाँ १८ पैसा घाटा रहने देखिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-