काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएको छ । अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने बताए ।
‘नक्कली शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था म देख्दिनँ’, उनले भने, ‘यही प्रकरणले सत्ता गठबन्धन तलमाथि हुने सम्भावना छैन। म त्यस्तो देख्दिनँ।’
उनले सभापति शेरबहादुर देउवाले यो प्रकरणलाई निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न आग्रह गरिसकेको बताए। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसकेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-