काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले विषयगत समिति सञ्चालनका लागि आचारसंहिता बनाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद थापाले मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै समिति सचिव र सभापतिबीच छलफल भइसकेपछि समितिको बैठक बोलाइहाल्ने परम्परा रहेको भन्दै समितिको बैठक कति समयअघि बोलाउने र विषय वस्तुहरु कस्ता राख्ने भन्नेबारेमा आचारसंहीता बनाएर अघि बढ्न जरुरी रहेको बताए ।
उनले समितिको बैठक आकस्मिक समय बाहेक अन्य समयमा बोलाउन निश्चित समय अवधि तोक्नुपर्ने बताए । उनले समितिको विषयवस्तु छनोटको बारेमा पनि सोच्न जरुरी रहेको बताए । उनले समितिको बैठकमा प्रयोग हुने भाषाका सन्दर्भमा पनि आचारसंहितामा राख्न आवश्यक रहेको बताए ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-