काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निरन्तर नाराबाजी गरेपछि आजको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक शुक्रबार दिउँसो ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।
गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिए पनि कांग्रेसकै अवरोधका कारण लामिछाने रोस्ट्रममा पुग्न सकेनन्। लामिछाने उठेपछि कांग्रेस सांसद झन् आक्रामक भएर प्रदर्शनमा उत्रिएपछि सभामुख घिमिरेले बस्न भनेका थिए। कांग्रेस सांसदहरू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भनाभनमा उत्रिएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-