काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आजको संसद बैठकमा आफ्नो पार्टी संसदीय दलका नेता केपी ओलीमाथि प्रमुख प्रतिपक्षी दल कांग्रेस अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई समय दिएपछि कांग्रेस संसदहरु उनलाई रोक्न गएका थिए । बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सांसदहरु सत्ता पक्षको लहरमा आएर अवरोध गर्नु असंसदीय भएको बताए ।
त्यसक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विवाद भएको थियो । त्यतिबेला दुबै दलका सांसदहरुबीच धकेलाधकेलसमेत भयो ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-