काठमाडौं । आजको संसद बैठकम सत्तापक्ष र प्रतिपक्षीबीच घकेलाधकेल भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको प्रतिक्रिया जनाएको छ । साँझ पत्रकार सम्मेलनमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगन थापाले सभामुखले तटस्थताको भूमिका निभाउन नसकेको बताए ।
बिहीबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल र प्रतिपक्षमा रहेका दलहरुसमेत उभिएको अवस्थामा राष्ट्रपति कार्यालयको पत्र पढ्ने, उपप्रधानमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनेजस्ता कार्य सभामुखबाट भएको भन्दै कांग्रेसले सभामुखको पदीय जिम्मेवारी निर्वाह गर्न घिमिरे चुकेको ठहर गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-