काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेदवार नागेश कोइरालाले एमालेका सागर थापासँग २ हजार ४ सय ५३ मतको अन्तरले अग्रता कायम राखेका छन्।
कोइरालाले ९ हजार २ सय ९ मत प्राप्त गर्दा थापाले ६ हजार ७ सय ५६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ८ सय ४९ मत प्राप्त गरेका छन्।
उपप्रमुखकी उम्मेदवार शिल्पा कार्की ३ हजार २ सय ८२ मतले गठबन्धनको तर्फबाट उम्मेदवार रहेका अमरेन्द्र यादवभन्दा अगाडि छन्। कार्कीले ८ हजार ६ सय ९० मत प्राप्त गर्दा यादवले ५ हजार ४ सय ६ मत प्राप्त गरेका छन्। उपमेयरकी स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १ हजार ८ सय ९१ मत प्राप्त गरेकी छन्।
प्रतिक्रिया लेख्नुहोस्:-