काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन् । न्याम्सका कुलपति रहेका स्वास्थ्य तथा जनससंख्या मन्त्री मोहनबहादुर बस्नेतले उनलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।
डा. बस्नेतले निमित्त उपकुलपतिको नियुक्तिपत्र लिएको बताए । ‘अहिले न्याम्समा उपकुलपति नहुँदा धेरै काम रोकिएका छन् । अर्को व्यवस्था नभएसम्मको लागि उपकुलपतिको जिम्मेवारी पाएको छु,’ डा. बस्नेतले भने ।
डा. बस्नेतले वीर अस्पतालको निर्देशकमा दुई पटक जिम्मेवारी निरवाह गरिसकेका छन् । उनी ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा न्याम्सका प्राध्यापक समेत हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-