काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधान तथा उmर्जामन्त्री टोपबहादुर रायमाझीलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
आजसम्म पक्राउ परेका १३ जनाको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सकिएको छ । बयान नसकिएकाले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-