काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिले कांग्रेस र कम्युनिस्टहरुबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेका छन्।
अध्यक्ष नेपालले बुधबार मदन–आश्रित स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘नेपाल भ्रष्टाचरमा चुर्लुम्म डुबेको छ। के कम्युनिस्ट, के कांग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा भइरहेको छ।’
अहिले कुनै दर्शनले काम नगरेको उल्लेख गर्दै नेपालले ‘पैसा कमाउँ’ भन्ने एउटै दर्शन भएको टिप्पणी गरे। ‘त्यहाँ कुनै दर्शनले काम गरिरहेको छैन, एउटै दर्शन छ पैसा कमाउँ, जनतालाई लुट, एउटै प्रवृत्ति व्याप्त छ, त्यसैले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउनेरु’ नेपालले भने।
प्रतिक्रिया लेख्नुहोस्:-