काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री सुजाता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै किसिमको संलग्नता नरहेको स्पष्टीकरण दिएकी छिन् ।
कोइरालाले बुधबार मोरङ जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएकी हुन् । उनले भनिन्, “नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै किसिमको संलग्नता छैन । यो निष्पक्ष छानबिन भई दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।”
“नक्कली भुटानी शरणार्थी प्रकरणबारे विभिन्न देशमा चासो भएको छ । मलाई समेत देशविदेशबाट साथी इष्टमित्रले प्रश्न सोध्ने गर्नु भएको छ, हाम्रो मुलुकको छविलाई उच्च बनाउन सबैले राम्रो कार्यलाई मात्र प्रश्रय दिनुपर्छ,” कोइरालाले भनिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-