काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस नेताहरूसँग बस्ने तय भएको स्थगित भएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहाल दाँतको उपचारका लागि अस्पताल जानुपर्ने भएकाले आज बैठक बस्न नसकेको बताए ।
।
सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरूसँग ६ बजे छलफल गर्दैथिए। तर, समय अभावका कारण बैठक भोलि विहान ८ बजेलाई सरेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-