काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कतिपय प्रश्नहरुको उत्तर दिनेभन्दा पनि जनतालाई अनुभूति हुनेगरी परिणाम दिनुपर्ने बताएका छन् ।
अध्यक्ष ओलीले विहीबार सामाजिक सञ्जाल फेशबुकमार्फत आफू अस्वस्थ भएका कारण आजको संसदमा आउन नसकेको उल्लेख गर्दै कतिपय विषयका प्रश्नको जवाफ मात्रै नभएर सरकारले अनुभूति हुने किमिसका परिणाम दिनुपर्ने बताए ।
सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच जनताका सबालजवाफको नयाँ प्रचलन सुरु गरेकोमा ओलीले खुशी व्यक्त पनि गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-