काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले संसदबाट विश्वासको मत पाउने निश्चित रहेको बताएका छन् ।
उनले आज माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले सहकारीसँगको विषयलाई लिएर संसद अवरुद्ध भइरहेको भन्दै आइतबार बिहानसम्म सहज रुपबाट संसद् सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताए । उनले आफूले संसद्को अवरोध हटाउन केही दिन यता छलफल गरिरहेको उल्लेख गर्दै सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताए ।
ु
प्रतिक्रिया लेख्नुहोस्:-