काठमाडौं । निकै लामो रस्साकस्सीपछि अन्ततः सत्तारुढ र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति भएको छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलबीच सो सहमति भएको जानकारी दिए।‘मूलतः समिति बनाउने सहमति भयो। समितिको कार्यादेश कस्तो हुने भन्ने विषयमा पनि काम गर्दै जाने भन्ने कुरा भयो,’ उनले भने।
‘सकारात्मक छलफल भएको छ, सकारात्मकरूपमै अघि बढ्छ भन्ने हामीले विश्वास लिएका छौँ,’ लेखकले भने, ‘समिति बनाएर जानुपर्छ भन्नेमा सबैको सहमति भएको छ।’
प्रतिक्रिया लेख्नुहोस्:-