काठमाडौं । सरकारले आज संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि नेकपा एमालेले प्रतिपक्रया ब्यक्त गरेको छ । नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएको भनेर टिप्पणी गरेका छन्।
‘यो नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएको छ। प्राण नभएको छ। कुनै सपना छैन। आजको तमाम मुलुकले भोगेको समस्या समाधान गर्ने कुनै नीति छैन,’ सांसद भट्टराईले भने।
प्रतिक्रिया लेख्नुहोस्:-