काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने प्रष्ट पारेको छ । आइतबार अध्यक्ष माधवकुमार नेपालले यस्तो प्रष्टीकरण दिएका हुन् ।
उनले पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीहरुलाई नैतिकताको प्रश्न पनि खडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते सोमवार चौथो पटक संसदमा विश्वासको मत लिँदै छन्।
उनले भने,‘भोली प्रधानमन्त्रीले विश्वासको मत लिन खोज्नुभएको छ। त्यसमा कुनै दुविधा राख्न जरुरी छैन। किनभने हामी सरकारमा छौं। यहाँ नैतिकताको प्रश्न खडा हुन्छ। त्यसो भएको हुनाले यसमा कसैले शंका गर्न जरुरी छैन। त्यसैले मैले अघि भनेको थिए–नो इफ, नो बट।’
प्रतिक्रिया लेख्नुहोस्:-