काठमाडौं । सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै स्थगित गरेका छन् ।
प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख घिमिरेले जानकारी दिए । प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित भएको हो ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-