काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रहरीले गृहमन्त्रीमाथि अनुसन्धान गर्न नसक्ने भएकाले नै आफूहरुले संसदीय छानबिन समिति माग गरेको बताएका छन् ।
महामन्त्री थापाले आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लामिछानेले संसद्मा टेलिभिजन प्रस्तोताको जस्तो गरी आक्रोश पोखेको र तिमीहरु सबैले हिजोदेखि चोर्यौँ, अहिले मैले पनि चोर्न पाउनुपर्छ भन्ने ढंगले प्रस्तुत भएको बताए ।
‘यो संसदीय छानबिन समिति सहकारीको रकम अपचलन भएको कारणमात्रै आवश्यक भएको होइन, त्यो ठगी प्रकरणमा देशको उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत आरोपित रहेको प्रमाणहरु सार्वजनिक भएका कारणले हो । त्यसकारणले यहाँ व्यक्ति तोकेर, सहकारीको नाम नै तोकेर संसदीय छानविन समिति बनाउनुपर्ने परिस्थिति बनेको हो,’ महामन्त्री थापाले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-