अमेरिका १७ मे। जय नेपाल इन्टरनेशनल फाउनडेशनले संसार भर रहेका बिज्ञहरुको उपस्थितिमा ग्लोबल नलेज नेटवर्कको स्थापना गरेको छ। प्रवासमा रहेका नेपालीमुलका बिज्ञ तथा नेपालमा आफ्नो विज्ञता मार्फत सहयोग पुर्याउन सक्ने विदेशीहरु समावेश हुने गरी नेटवर्कको स्थापना गरेको हो। डा. निरज श्रेष्ठको संयोजकत्वमा स्थापना गरिएको नेटवर्कमा नेपालमा सेवा प्रदान गर्न इच्छुक सबै बिज्ञहरुलाई समेटिन लागेको संस्थाका अध्यक्ष डा. यादव पण्डितले बताए।
आजको भेलामा उपस्थित बिज्ञहरुले आफुले प्राप्त गरेको ज्ञान र सीपलाई मातृभूमिको बिकाशको लागि सदुपयोग गर्न आफुहरु तयार रहेको बताए। नेपालमा रहेका प्रदेश, स्थानिय निकाय लगायत संस्थाहरुलाई आफुहरुमा रहेको बिज्ञताको बारेमा कुनै जानकारी वा सेवा चाहिएमा सम्पर्क गर्न उहाहरुले अनुरोध गर्नु भयो। संयोजक डा. श्रेष्ठले कसरी बिज्ञ र सेवा प्रदान गर्ने निकाय बिचमा समन्वय गर्ने भन्ने बारेमा चाडो जानकारी प्रदान गरिने बताए। छलफल कार्यक्रममा सिकागो निवासी डा. निरज श्रेष्ठ, वाशिंगटन डी सी मेट्रोका बिज्ञ डा. देशराज संयोक, क्यालिफोर्निया निवासी बैज्ञानिक डा. आमोद कोइराला, कृष्ण पोख्रेल, भाषा साहित्यबिद पिपलमणि सिग्देल, दक्षिण कोरियाबाट बैज्ञानिक डा. अग्निराज कोइराला, जापानबाट डा. अम्ब दत्त पन्त, मिजौरी अमेरिकाबाट प्राध्यापक डा. केशव भट्टराई, डा. प्रकाश श्रेष्ठ, अमेरिकाबाट बैज्ञानिक डा. माधव पाण्डे, अष्ट्रेलियाबाट डा. डिल्ली बन्जाडे, डि. बि. भट्ट, क्यानडाबाट युवा बैज्ञानिक डा. केशव शर्मा थिए।
छलफल कार्यक्रममा जय नेपाल इन्टरनेशनल फाउनडेसनका अध्यक्ष डा. यादव पण्डित, जय नेपाल इन्टरनेशनल फाउनडेसनका महासचिव अग्नि चौलागाईं, जय नेपाल इन्टरनेशनल फाउनडेसनका कोषाध्यक्ष गोबिन्द श्रेष्ठ, जय नेपाल फाउनडेसन नेपालका अध्यक्ष बद्रि अर्याल, पत्रकार तोया दाहालको समेत उपस्थिति थियो।
प्रतिक्रिया लेख्नुहोस्:-