काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो भएकोले यसलाई समर्थन गर्न नसकिने बताएका छन् ।
उनले यो सरकार जनताका लागि सबैभन्दा महँगो भएको बताए। ओलीले भने, ‘देशको आर्थिक नीतिबारे सरकार बोलेको छैन। यो बजेट त नजान्ने विद्यार्थीले चिट चोरेजस्तो भयो। हामीले राखेको कार्यक्रम पनि राख्नुभएको रहेछ। यो राखेको होइन, चिट चोरीमा परेको हो। राजनीतिक स्थिरता भइरहेको छ। यसबारे उहाँहरूको कुनै चिन्ता छैन।’
ओलीले राजनीतिक अराजकता बढिरहेको बताए। ‘आयातमुखी अर्थतन्त्र रोक्न सरकारले कुनै योजनानै छैन। बजेटमा शब्द जालमात्रै छ। उत्पादन र उत्पादकत्व वृद्धितर्फ सरकारको ध्यान नै पुगेको देखिँदैन,’ उनले भने।
प्रतिक्रिया लेख्नुहोस्:-