काठमाडौं । बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि आमरण अनसन बसेका बर्दिया क्षेत्र नम्बर १ का संघीय सांसद सञ्जयकुमार गौतमले अनशन तोडेका छन्।
विकासका लागि भन्दै १५ बुँदे मागसहित भत्किएको पुलमुनि शनिबार साँझदेखि अनशनमा बसेका थिए।
शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति गरेपछि अनशन तोडेको बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिए।
प्रतिक्रिया लेख्नुहोस्:-