काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक ( टिआरसी) अहिलेको अधिवेशनबाट नै संसदबाट पास गर्ने बताएका छन् । उनले आइतबार काठमाडौँमा आयोजित १४ औं राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
लेखकले बेपत्ता पारिएका व्यक्तिहरूको सवाल, सत्य निरूपणको सवाल, मेलमिलापको सवाल लगायतका संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडो भन्दा चाँडो निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले चालु अधिवेशनबाट नै यससँग सम्बन्धित विषयहरू सधैंका लागि निष्कर्षमा पुर्याइने बताए ।
प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा कानुन तथा मानवअधिकार समितिले बनाएको ११ सदस्यीय उपसमितिमा छलफल सुरु हुने जिकिर गरे । उनले सबै राजनीतिक दलहरू मिलेर देशको विकास गर्नुपर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-