काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नागरिकलाई सेवा सुविधा समयमै उपलब्ध गराउन राहदानी विभागलाई निर्देशन दिएका छन् ।
मन्त्री साउदले आइतबार त्रिपुरेश्वरस्थित विभागको अनुगमनको क्रममा सेवाग्राहीलाई सेवा सुविधाहरू समयमै उपलब्ध गराउन महानिर्देशक सुरेन्द्र यादवलाई निर्देशन दिएका हुन् ।
“मैले सबै नागरिकहरूले आफ्नो अधिकारबमोजिम पाउने सेवा सुविधाहरू उचित किसिमले समयमा उपलब्ध गराउनुपर्छ भनेर भनेको छु,” विभागको अनुमगनपछि मन्त्री साउदले भने, “यसमा केही कमीकमजोरी भएको छ भने पनि त्यसलाई हटाउनका लागि म फेरि समीक्षा गरेर निर्देशन दिन्छु ।”
उनले अनुगमनका क्रममा सेवाग्रहीले राहदानी बनाउँदा ढिलासुस्ती हुने गरेको आफूलाई गुनासो गरेको पनि बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-